हाम्रो नेपाली खाना

November 15, 2009

नेता र राजनितीको कति कुरा गर्नु ? एकले अर्कालाइ गाली कति मात्र गर्ने ?  यी सबैलाइ छोडेर म चाहिँ नयाँ विषय तिर लाग्दैछुँ । आजसम्म कसैले यहाँ नलेखेको विषय- खाना । यो लेख चाही बँसिबियाँलो मात्र हो । लेख मीठो भयो भएन, राम्ररी पाक्यो पाकेन, कमेन्ट लेख्नु होला ।

पहिले कुरा गरउँ   खानाको । सारा संसारै यसमा टिकेको छ । हामी खानाले नै टिकेका छउँ, नढाँटी भन्ने हो भने खानाका लागि नै बाँचेका छउँ कि जस्तो पनि लाग्छ कहिले काहिँ त । नेपालीको कुरा नै खानाबाट शुरू हुन्छ । फोनमा कुरा पनि खानाबाटै शुरू हुन्छ । अँ त चिया खानु भयो ? अनि खाना खानु भयो त? आज किन खाना ढिलो त ? ए विकएण्ड भएर ? यस्तै यस्तै । त्यसैले शुरू गरउँ खानाको गफबाट । म नेपालमा विकाशे कार्यकर्ता थिएँ । एकदिन कामको शिलशीलामा पश्चिम नेपालको एक गाउँमा जाँदा भुटेको मकै र गुन्द्रुकले स्वागत गरेका थिए गाउँलेले र मैले संझेसम्म त्यो जति मिठो गुन्द्रुक मैले आजसम्म खाएको छैन । तपाइँलाइ थाहा छ अमेरिकामा गुन्द्रुक चाइनीज वा कोरियन पसलमा ड्राइड मस्टर्ड भनेर किन्न पाइन्छ भनेर ? यो चाहिँ अलि कालो कालो हुन्छ । स्वाद चाहिँ उस्तै उस्तै हो ।

मलाइ चाहिँ गजबका कुराहरू मिठो लाग्छ । जस्तै – डढेर रातो भएर पत्र बसेको भात । मेरी श्रीमतीलाइ त्यस्तो भात खाएको पटक्कै मन पर्दैन । लोग्नेमान्छेले त्यस्तो भात खान हुन्न रे बुद्धि घट्छ रे । बुद्धि भए पो घट्छ भन्दिनु पर्छ अनि केहि भन्दिन । मिठो चिज आफूले खान यस्तो जुक्ति निकालेका होलान् महिलाहरूले, कि कसो ? मेरो अर्को मनपर्ने खाना- बासी भात । यसमा पनि महिलाको पहिलो हक लाग्छ क्यारे । जे होस् । बासी भातलाइ अलिकति घीउमा भुट्नु पर्छ गजबको मीठो हुन्छ । सानो छँदा आमाले भुटेको बासी भातमा अलिकता चिनी राख्दिनु हुन्थ्यो त्यो स्वाद अझसम्म याद आउँछ मलाइ । भात बाहेक सारै मिठो लाग्ने अर्को कुरा चिया र चिउरा । शिशाको ग्लासमा तीन चउथाइ अलि चिनी बढी भएको चिया अनि त्यसमा चिउरा । त्यो चिया चिउरा चाहिँ मैले धेरै मिस ( ?) गरेँ नेपालमा र अमेरिकामा । अहिले त यसको चलन नै हराएर गयो । पाउरोटी र चाउचाउले यसलाइ खायो ।

अलि अगाडिको कुरा हो धरानमा घुघुनी (मटर केराउ झोल) बेच्न ल्याउँथ्यो हाम्रो स्कूल अगाडि । पाँच पैसाको आउँथ्यो । सारै मीठो पो हुनथ्यो त । त्यो जमानामा धरानमा पहाडबाट शुन्तला आउँथ्यो पाँच पैसा गोटा । ती सब त अब एकादेशका कथाहरू जस्तै भैसके ।

नेवारको भोज र खाना त नेपालको विशिष्ट संस्कृति नै भैहाल्यो । त्यसको वर्णन यहाँ गरेर सकिन्न । कुनै पाठकले कमेन्टमा वा कुनै अरू नै बेला यसबारे लेख्नु होला । नेवारको भोज पछि मलाइ मनपर्ने भोज भनेको मधेशको हो । तात्तातो पुरी, कचउरी, तरकारी, बुनीयाँ र जिलेबी अहिलै खाउँखाउँ लागिसक्यो । तराइको सातु र पहाडको ढीढो पनि मिलाएर खाए त कम्ता मीठो हुन्न है साथी हो ? पश्चिममा पोखरा, बाग्लुङतिरको सेल रोटी तात्तातो खान पाए अरू के चाहियो ?

नोकरीको शिलशीलामा हिमाल, पहाड र मधेस धेरै ठाउँहरू हेरियो, बसियो ती मध्ये अहिले मैले संझेको (काठमांडू उपत्यका बाहेक) तउलिहवा र वीराटनगरको सेकुवा, भैरहवाको पेँडा, वीरगंजको प्याजी-भुजा, बगेरी, नेपालगंजको बंगुरको सेकुवा, नारायणगढको तास र मार्फाको वाइन र ब्रायण्डि । मुस्ताङको स्याउ पनि भुलेको छैन । कसमस एअरलाइन्सले मेरो एक बक्स स्याउ खाइदिएको पनि संझेकोछुँ । खानाको कुरा गरेर हो कि के हो भोक लागे जस्तो भयो । यसमा थपथाप गर्ने जिम्मा पाठकहरूलाइ दिँदै मचाहिँ लागेँ भान्छा तिर । अस्तु ।।

January 2, 2009

नयाँ वर्ष २००९ को सौगात

-ब्यास, अमेरिकाबाट

मेरो संसारका पाठकहरूका लागि सौगात ल्याएको छुँ । सौगात पनि कस्तो भने दिनेलार्इ पनि पैसा नपर्ने लिनेलार्इ नी पैसा नपर्ने (लिनेलार्इ पैसा परे कसले पो लेला ?)। फेरि यो आर्थिक मंदीमा कसले पैसा खर्चोस् । अमेरिकाले आफूसंगै सबै देशहरूलार्इ ओरालो लगार्इ हाल्यो । खै, ओबामा अंकलले केहि गर्ला कि? अँ त, सौगातको कुरा गर्दै थिएँ । सौगात चाहिँ दुर्इवटा छ । पहिलो फ्री सफ्टवेर, दोश्रो फ्री वेब साइट । हुन त वेब साइट प्रायः फ्री नै हुन्छ । यदि तपार्इँ धेरै समय कम्प्युटरको अगाडि बस्नु हुन्छ भने यो सौगात तपार्इलार्इ पक्कै मन पर्नेछ । यो मैले यता उताबाट बटुल बाटुल पारेकोहुँ । शायद यसमा तपार्इँलार्इ थाहा भएको र नयाँ दुबै जानकारी छ होला भन्ने मैले आशा राखेको छुँ । शुरू गरौ, निशुल्क सफ्टवेरबाटः

फायर फक्सः
यदि तपार्इँ इन्टरनेट एक्सप्लोरर भन्दा छिटो, छरितो र भरपर्दो ब्राउसर चाहनु हुन्छ भने Fire Fox (Mozilla.org) नै सर्वोत्तम ब्राउजिंग सफ्टवेर हो । साथै, यदि तपार्इँले Fire Fox प्रयोग गर्नुभयो भने विल गेट्सलार्इ थप धनी हुनबाट रोक्न सक्नु हुनेछ ()।

ओपन अफिसः

अब न्यूरोडबाट पैसा तिरेर नक्कली सफ्टवेर किन्ने जमाना गयो । नक्कली सफ्टवेर कपि गरेर चलाउनु पनि आवश्यक छैन । गैरकानुनी काम त्याग्नुस् र सक्कली OpenOffice (openoffice.org) चलाउनुस् त्यो पनि सित्तैमा । यो एमएस अफिससंग मिल्दोजुल्दो छ र एमएस अफिसको फर्म्याटमा सेभ गर्न सकिन्छ । हैन विल गेटस् लार्इ पैसा नख्वाउने निधो नै गर्नु भयो कि कसो ?

एभीजी एन्टिभार्इरसः
आफ्नो कम्प्यूटर भार्इरसबाट बचाउन AVG Antivirus (free.avg.com) प्रयोग गर्नुस् । यसको खुबी भनेको यसले इमेल पनि स्क्यान गर्छ । यसको सशुल्क र निशुल्क भर्शनमा धेरै भिन्नता छैन । ब्यक्तिगत उपयोगको लागि यो राम्रो सफ्टवेर हो ।

मोजी ब्याक्अपः
हार्ड ड्राइभ बिग्रेर दुःख पाउनु भएको छ? मलार्इ यसको नराम्रो अनुभव छ । म त सधै ब्याकअप राख्छु अनलार्इन र जगेडा हार्ड ड्राइभमा । आफ्नो फार्इल र फोल्डरहरू Mozy (mozy.com) मा अनलार्इन ब्याकअप गर्नुस् त्यो पनि सित्तैमा । यसले दुर्इ गीगाबाइट सम्म निशुल्क सेवा प्रदान गर्छ ।

पेन्ट डट नेटः

यसलार्इ फोटोशपको जुम्ल्याहा भार्इ भने केहि फरक पर्दैन । देख्नमा पनि उस्तै काम पनि उस्तै तर सित्तैमा । चित्र कोर्न होस् वा फोटो मिलाउन, Paint.net (getpaint.net) ले सब काम राम्रो गर्छ ।

मलार्इ मनपर्ने भिडियो सफ्टवेर चाहीँ रियल प्लेयर (http://www.real.com/) हो । भिडियो च्याट वा भ्वाइस च्याटका लागि भने मेरो रोजार्इ गुगल टक (http://www.google.com/talk/) भएकोछ । नेपालमा कुरा गर्ने यो उत्तम छ ।

अब लागौ राम्रा, उपयोगि र भरपर्दो वेबसाइट तिर । यी वेबसाइटहरू अब त दिन दिनै चाहिने सामग्री जस्तै भैसक्यो । हाम्रो जीवनको एक अभिन्न अंग जस्तै ।

    Imeem.com>> मनोरंजनको डबली हो यो । नेपाली, हिन्दी वा अँग्रेजी गीत संगीतको मनोरंजक थलो । साथमा नेपाली संगितका लागि chiyapasal.com, murchunga.com पनि राम्रो छ ।BhejaFry.net>> नेपाली रेडियो होस् वा नयाँ हिन्दी फिल्म, टिवी वा अन्य मनोरंजक सामग्री ।Aljazeera.net>> फरक समाचार होस् वा कार्टुन वा भिडियो क्लिप यो साइट फरकै छ । नत्र bbc.co.uk, newyorktimes.com हेर्नुस् विदेशी समाचारका लागि ।

    5min.com>> तपार्इँले हेर्ने गर्नु भएको youtube.com को भार्इ हो यो । खाना, संगीत, फेशन वा अन्य जीवन उपयोगी भिडियो सामग्रीमा लागि राम्रो छ यो साइट ।

    Google Search (special features)>> यहाँ म गुगलको विशेष सुबिधाबारे सानो चर्चा गर्दैछुँ । गुगलको सर्च बक्समा तलका कुराहरू टाइप गर्नुस् , सर्चमा क्लीक गर्नुस् र विशेष जानकारी प्राप्त गर्नुस्

    – Weather Kathmandu>> यसले काठमाडौको मौसमको बारेमा जानकारी दिनेछ ।
    – Time Nepal>> यसले नेपालको वर्तमान समय बताउँछ ।
    – Kathmandu Map>> यसले काठमाडौको नक्सा देखाउँछ ।
    – 138 lbs in kg>> यसले =62.5957471 kg देखाउँछ ।
    – 30 F in Celsius>> यसले -1.11111111 Celsius देखाउँछ ।
    – 8 oz in Cups>> यसले =1 US Cup देखाउँछ ।
    – 1000 Euros in USD>> यसले =1404.5 US Dollars देखाउँछ ।
    – 20009>> यसले अमेरिकाको 20009 जीपकोडको नक्सा देखाउँछ ।
    – 11.11+12.22+13.33>> यसले =36.66 देखाउँछ ।
    – Sqrt 25>> यसले =5 देखाउँछ ।
    – 3*10+(sqrt(10)^3>> यसले =61.6227766 देखाउँछ ।
    – 12% of 100>> यसले =12 देखाउँछ ।
    – Cube root 27>> यसले =3 देखाउँछ ।
    – Cos(pi/2)>> यसले =0 देखाउँछ ।
    – 8 km + 5 miles>> यसले =16.04672 Kilometers देखाउँछ ।

देख्नु भयो त गुगलको कमाल । गुगल सर्चमा आफ्नो नाम राख्नुस् र थाहा पाउनुस् आफ्नो बारेमा आफै । कहिले काहिँ आफ्नो बारेमा नयाँ जानकारी पाउनु भयो भने आश्चर्य नमान्नु होला । आफूले जानेका यस्तै जानकारी कमेन्टमा राख्न नभुल्नु होला । नयाँ वर्ष २००९ सालको शुभकामना । अस्तु ।।

Cheap Wheel Cover

June 1, 2008

Recently, I have lost one of my wheel cover of my car. It looked very odd without a wheel cover. I thought it would be good idea to get a used wheel cover so that it matched with other existing wheel covers. I have contacted my friends and relatives whether they have some ideas where I can get it. No one experienced such a simple problem and they have no idea where to find it. One told me that it will cost me $35.00 for a new one. Someone advised me to contact Toyota as my car is from Toyota. Oh my God! it costs $71.00 for a wheel cover. It is expensive than a tire. That means it will cost me $284.00 for all of them to change. I decided not to buy them and continued driving the car without it. One day, I thought to try in Big K Mart. Oh yah! it is just $29.99 for a set of four. I bought it immediately. Then, when I took it to cash counter for payment, oh La! it was just $20.99. I was happy. I changed the missing one with new one. It did not suite well, but it was OK.

My wife did not liked it. But, we were still driving the car with it. One day, we came across an autostore. The name of the shop was Total Auto Parts, I think. We found a better design that costs us $22.99. We returned the previous one and used this new wheel cover. We are more happy. My wife was still not satisfied with the design even though it was better design. One day, we found our choice at $13.88. Yes, it was better in design and best deal. We found it in Wal-Mart. We are very happy now. No more exchanges now. I changed all of them. Thanks Wal-Mart.

April 29, 2008

संविधान, सरकार र सम्पति

– ब्यास, अमेरिका

देशमा यत्रो ठूलो संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भयो । देश अब नव निर्माण तिर लाग्नेछ र नौलो नेपालको उदय हुनेछ भन्ने नेपाली जनताले आस गरेको बेला यो अबको सरकार कसले नेतृत्व गर्ने र सरकारमा को जाने भन्ने विवाद चर्केको देखेर म रनभुल्ल परेकोछु । म लाटाले नबुझेको चाहिँ के भने २००७ साल देखि राजनीति र प्रजातन्त्रको अभ्यास गरेका यी नेताहरुले किन जनतालाई भझपनि मूर्ख बनाउन खोज्दैछन् ? के जनताले राणा, पंचायत र अहिले आएर राजालाई फ्याकेको हैन र ? के जनताले एकदिन हामीलाई यस्तै फ्याक्न सक्छ भन्ने डर छैन यिनीहरुलाई ? राणा शासन हटाउन १०४ वर्ष लाग्यो, पंचायत हटाउन ३० वर्ष, राजाले १२ वर्षमै भाँडतन्त्र हटाए (जनताको पनि अप्रतक्ष समर्थन थियो), र राजा आफै तीन वर्ष भित्र दरवारबाट बढारिए । के यत्ति उदाहरण काफि छैन यी राजनैतिक नेताहरुलाई ? राजनीति गर्नेसंग शेषमात्र भएपनि नैतिकता हुनुपर्ने हैन र ? मेरो लाटो बुद्दीले त यहि भन्छ । अब पनि राजनीतिमा लाग्नुको अर्थ सरकार र सम्पति हो र ? के यिनीहरु सात पुस्तालाई पुग्ने सम्पति हसुरेर अझ पनि अघाएनन् ? अब यो गरिब देश र गरिब जनताको के मात्र चुस्न बाँकी छ र ?

यो त संविधान सभाको चुनाव हो, स‌विधानको कुरा गरौ, संविधानबारे बाद विवाद गरौ । देशलाई कस्तो खालको संविधानको खाँचो छ ? भूराजनैतिक हिसाबले हाम्रो स‌विधान कस्तो हुन जरुरी छ ? आजको वैज्ञानिक र अन्तरराष्ट्रियकरणको युगमा कस्तो संविधान भएमा बेश हुन्छ ? त्यस्तै हाम्रो जस्तो विविध भाषा, संस्कृति र भूबनोट भएको देशमा कस्तो संविधान बनाउँदा देशले नयाँ दिशा लिन्छ भन्ने सोच्नुको बदला अहिले सरकार र सम्पति तिर ध्यान दिएर यी राजनीतिक पार्टी र नेताहरुले आफ्नो विपत्ति आफै निम्त्याउँदै छन् ।

अनि, एउटा कुरा मलाई मनमा धेरै दिनदेखि लागेकोछ । त्यो के हो भने देशमा धेरैवर्ष पछि शान्ति छाएकोछ । यसमा न त जनताको न त आफूलाई नीक्कै बुद्दीवान र प्रगतिशील ठान्ने नागरिक समाज को ध्यान गएकोछ । देशको १२ वर्षे अशान्ति र विद्रोही पार्टीलाई यत्रो समय, मेहनत र लगनकासाथ देशको मूख्य राजनीतिक वहावमा जंगलदेखि संसदसम्म पुर्याई देशमात्र हैन विश्वमा नै उदाहरणीय बनेका गिरिजाबाबूको न त कसैले ठूलो सम्मान गरे, न त नागरिक समाजलाई यतातिर ध्यान दिने फूर्सद भयो । त्यतिमात्र कहाँ हो र र ? उनकै नेतृत्वको सरकारले नहोला जस्तो भैसकेको संविधानसभाको चुनाव सम्पन्न गराएरै छोडेको हैन र ? देशमा ठूलो मान, पदक, र सम्मान छैन भने नयाँ सृजना गरेर भएपनि त्यस्तो सम्मान गिरिजाबाबुलाई दिनुपर्यो । यो विचारमा मेरो अलिकति भित्री स्वार्थ पनि छ । अनि साधारण नेपाली जनताको पनि यहि ईच्छा छ होला भन्ने म ठान्दछु, त्यो के हो भने यदि हामीले गिरिजाबाबुलाई ठूलो सम्मानकासाथ राजनीतिक विदाई गर्यौ भने उनले प्रत्यक्ष राजनीति छाड्नेछन् । यो समयको पनि माँग हो ।

अब पनि सहमतिको राजनीति, देश निर्माण र संविधान निर्माण तर्फ नलागि सरकार र संपतिको लोभ गरे भने यी नेताहरुलाई के गर्नुपर्ला तपाईनै भन्नोस् । अस्तु ॥

TRY IT for FREE

October 2, 2007

http://www.craigslist.org

(for free posting, free stuffs, buying and selling used and new goods- car, housing, job etc. It is one of the most famous website in the world)

http://www.freecylce.org

Get everything for free from here. An international recycle, re-use and reduce website. Save the earth using this site.

http://www.mysansar.com

Most famous international Nepali Blogsite. Enjoy!!!

Free Hindi Entertainment

October 2, 2007

 This is free and legal site for entertainment:

http://www.rajshri.com/index.asp?q=A

Enjoy!!!

Offer for free

October 2, 2007

This space is for classified which should be free. Send your OFFER and WANTED by email or post as comment.

Offer: Epson Stylus 880 color printer.

Available Epson Stylus color 880 with extra color ink, but no blank ink.

amatyap@yahoo.com; Springfield, VA 22151

Scholarship for Training Program in Israel

July 19, 2007

Management of Public Transportation – Tuition Scholarships

Galillee College, Israel

October 11 – 29, 2007

Dear ALL,

The upcoming Galillee College international programme Management of Public Transportation (Israel, October 2007) will devote time to the important issue of privatization as part of a national policy. The trend towards privatization in Israeli society will be examined as a test case.

The partial privatization of Israel’s public transportation system is considered a roaring success, as substantiated by figures from several sources. It has introduced competition and the concept of service into the sector, promoted technological progress and, mainly, lowered operating costs.

1.       The price of tickets on the privatized lines has dropped by 25% to 50%.

2.       The frequency of bus service has increased by 11% to 107%.

3.       The taxpayer has saved US$ 24 million in subsidies, or 15% of the previous transportation budget.

During the October 2007 course, participants will have a chance to meet representatives of private bus companies as well as government officials from the Ministry of Transport. Discussions about the pros and cons of the privatization process will allow the participants a first-hand experience of the dilemmas and conflicts.

Tuition scholarships for participants from developing countries are still currently available at this time.

I hope to hear from you soon.

Sincerely yours,

Mr. Ido Yakuel

Programme Director

International Dept.

Galilee College, Israel

PO Box 208 Nahalal

Tel: +972-4-6428888

Fax: +972-4-6514811

email: iyakuel@galilcol.ac.il

http://www.galilcol.ac.il

enjoy Nepalese food

July 1, 2007

I am interested to know more about Nepalese food, especially food from villages and ethnic groups. There are hundreds of delicious food from various parts of Nepal, I want to taste it and learn about it. Please send me your info and or recipes. I will post them. I have few links from Youtube on Nepali food for you. Next time, I will post about Nepalese restuarent in USA. Enjoy!!!

http://youtube.com/watch?v=T1VEUoKmmK8 Nepalese students at WSU eating Nepalese food.

http://www.youtube.com/watch?v=kQDovo0kP0c&NR=1

http://youtube.com/watch?v=xrCgZcn4ga4 Momo at Bakery Cafe, Kathmandu, Nepal

http://youtube.com/watch?v=n9kKzqcFcSk MOMO(Dumplings) for dinner @ 12th February 2007

http://youtube.com/watch?v=4oBH9K4dYlo&mode=related&search= momos at Kathmandu Street.

=Recipe of Momo=== 

Dumplings are a typical Asian dish, however, when you ask for ‘momos’ you are referring to the Tibetan Dumpling. Nepalis also make this dish in the same Tibetan fashion and that is where I learned to make them. Momos usually make their way into our kitchen at least once a month. Below are momo-making details as I have experienced over the years.

WARNING: Do not try this alone. Momo-making definitely works best when there is a group effort, especially for the inexperienced, with all that grinding, kneading, rolling, and packing. Therefore friends, as Thubten suggests, ‘throw a momo-making party and raise some Tibetan awareness!’
I’ll try to be detailed as I describe the meat, vegetable, and potato momos. We don’t use any measuring cups, so please use your best judgement on the portions.
–Dough–
White flour is usually preferred when making the momo wrappers. Simply knead flour and water. Go light on the water, you can always add more. I would suggest starting with at least three cups of flour with approximately a quarter cup of water. It is far better to add more water than to have to add more dough (unless you must). Your finished dough should be slightly sticky (only slightly!) and smooth consistency without lumps as if you were preparing a pizza. When making about 200 momos we use a little less than a pound of flour (200 momos feeds about 20 people). Some people like to add a bit of yeast or baking soda to the flour/water mixture, and this will give the wrappers a ‘doughy’ taste. Most of our Tibetan friends prefer less dough and more meat. I’ll describe later, as best I can, how to make the wrappers.

–Meat–
You can use either ground beef or pork, or a mixture of the two. About 3 pounds (plus) will make 200 momos. Chop lots of onions or leeks, garlic, and a little cilantro. Sometimes we’ll add well ground cumin. Rely more on fresh spices than old powders. Mix your meat, and then you’ll be ready. Don’t cook the meat separately, it will cook inside the wrappers.
–Vegetables–
Saute some onion, garlic mixed with a smidgen of your curry mixture. This will form your veggie spice base. Cook until mixture is a mush then take it off the heat. Cut the following veggies into very small shredded pieces: green cabbage, carrots, broccoli flowerets, cilantro, and whatever else you like, just be sure to chop everything finely. Next steep the veggies a minute or two in boiling water. You don’t want the vegetables to cook thoroughly. Drain, and mix with your spice base. The veggies are now ready for packing.
–Potato–
This is very similar to the Indian samosa and it makes one great momo!! Cook potatoes, leaving them firm and not mushy. Saute the same veggie base as above, but this time add chopped tomatoes and lots more fresh cumin, salt, chopped chilis, and black pepper. You want the tomatoes to completely cook down with your onion/spice base, and after keep on a low heat. Cut and add the potatoes to your spice base, and saute for a few minutes until your potatoes are a semi-chunky mixture. You may need a few drops of water. Potatoes will then be ready to wrap.

–Momo Wrapping–
Now this is going to be the tricky part. The key to making the momos is that the wrappers are completely closed, no open spaces in the wrappers at all because you want the momo to get juicy. If there are openings in the wrappers your meat will dry out and you won’t get to taste all that delicious juice. You will need to have plenty of room to roll your wrappers and plenty of flour on hand to powder down your work area, hands, and rolling pins. Ready?

Roll our a rectangular-like shaped strip of dough, pretending you are playing with clay and want to make a snake. Always try to make the dough smooth and without folds (the smoothness of your dough will largely depend on how you have originally mixed the dough). From this you will break off small rounds about 3 inches all around, maybe a small bit bigger. Roll these in your hand so that they too are smooth and without folds. Now gently flatten each one for the rolling of the wrapper. The following two directions, rolling and wrapping, will take some practice, but you’ll get there. Be patient.

To roll out each small ball into a flattened pie you will need a small diameter rolling pin. We usually use a small narrow glass jam or spice jar. Powder the rolling pin thoroughly with flour. You’ll need to repowder often, but be careful not to overdo this as too much flour will ruin your wrapper. The key to a successfully cooked momo (one that does not fall apart) will be the way you roll out this small pie. You want the middle to be a bit thicker than the edges so that what you are packing doesn’t seep through. Don’t simply roll over the dough with the pin. Instead, grasp the semi-flattened dough in the middle with your thumb and index finger of one hand and with the other hand begin to roll out the edges of the dough. Almost simultaneously you will be slightly swirling the dough with your thumb and index finger so to give you an even roll around the outer edges. So it’s like a roll, swirl, roll, swirl, roll, swirl until your wrapper is done. As I said, the middle should be thicker, not by alot, but visibly so. The finished flattened wrapper will be approximately 3 inches in diameter.

There are a variety of ways to wrap momos but here I will describe only one. This finished momo should look circular with folds like a pin-wheel. The size of your wrapper will determine the amount of meat/potato/veggie. Usually one half or one full teaspoon is enough. Hold wrapper and packing mixture in one hand and with the other hand you are going to make pleats. Use your thumb as the stable point and use your first two fingers to weave the folds together, and around to a closing circle. Make the pleats small, and you’ll need to (again) slightly swirl your momo to accommodate your pleating hand. If all fails, and the pleats don’t look just right, you can squeeze what folds you do have together to give you a sealed momo.

–Cooking–
To Steam- These are the most juiciest!! There are generic steamers you can buy in most any asian market that are tiered pans fitting into one another over an empty bottom and under a lid. They are inexpensive and a large multi-unit steamer is essential. Oil the pans well, and after every momo batch. Earlier I warned about using too much flour, and now I am warning against using too little oil. After all your hard work, you don’t want any momo sticking to the pan! After bringing your water to a boil, (maybe adding a few drops of oil to the water) drop the pans and cover. It usually takes about 12-15 minutes on a high boil to cook, possibly a couple minutes longer. One sure way to tell is by touching the momos. They should not leave a sticky residue on your fingers.

Fry- Fry in a well-oiled pan for about the same time on low heat in a covered pan. If your pan is too hot you will cook only one side of the momo – the bottom! Fry your momos on low-medium heat. You may want to slightly stir these momos so they don’t get stuck. You may even want to add a drop of water at the very last minute, but be careful that your pan doesn’t steam up all over you. Replace the lid quickly over top if you do add water.

Finally, enjoy yourself some good momos! Mix with a hot sauce, or some sauce with horseradish, or fresh chilis. 
source: http://www.netcooks.com/recipes/Breads/Momo.(Dumplings).html

Read more on Nepalese Food at http://www.nepalhomepage.com/society/recipes/recipes.html

Send your comments and recipes and more …

What We Can Learn from America

April 9, 2007

अमेरिकाबाट सिक्ने कि ?

ब्यास अमेरिका
 

मेरा अघिल्ला अमेरिका सम्बन्धि ब्लगहरु पढेर कसैले ती लेखहरु अलि नकरात्मक भयो कि भने । हुन त कसैले आधा ग्लास पानीलाई आधा खालि छ भन्छन् त कोही आधा भरी छ भन्न रुचाउँछन् । मलाई भने आधा खालि छ नै भन्न मनलाग्छ किनकि आधा खालि नभए कसरि भर्ने कुरो आउँछ ?  जेहोस् अब लागौ मैले नजिकैबाट देखेको र भोगेको अमेरिकी समाजतिर । यो ब्लग अमेरिकी समाजबाट हामीले सिक्नु पर्ने केहि कुराहरुको सेरोफेरोतिर लक्षित छ । आजको अमेरिका कुनै ऐतिहासिक देश हैन न त यहाँ सदियौ पुरानो सस्कृति र परम्परा नै छ । यो केही सयवर्षको मात्र इतिहास बोकेको देश विश्वमै किन अगाडि छ त ? यसको जवाफ मैले यहाँ जता ततै टाँसेको देख्छु । टाँसेको देख्छु ? हो हजूर, टाँसेको । यहाँको प्रायः गाडीमा एउटा स्टीकर टाँसेको हुन्छ: United We Stand । यो देशै देश र विभिन्न राज्यहरुको समूह हो संयुक्त राज्य अमेरिका । राज्यै पिच्छे फरक फरक शासन छ कानून छ चलन छ तर आपसमा द्वन्द छैन झगडा छैन । वाशिंगटन डीसी क्षेत्र भित्रै भर्जिनियामा अर्कै ट्राफिक नियम छ मेरिल्याण्डमा अर्कै त राजधानी शहरमा फरक । शिक्षा स्वाश्थ्य नीति फरक फरक छ । तर यहाँका सबैजना आफूलाई प्रथमतः अमेरिकी भएकोमा गर्व गर्दछन् । अफसोचको कुरो हामी आफूलाई बाहुन क्षेत्री नेवार मधेशी राई लिम्बु गुरुंग मगर आदी बताउनमा गर्व गर्छो अनिमात्र नेपाली । पहिले आफ्नो संस्कृति धर्म भाषाको कुरा गर्छो अनिमात्र देशको । अब त नेपालीको देशभक्ति हेर्न दक्षिण एसियाली फुटबल नै कुर्नु पर्ने भइसक्यो । अमेरिकी नेपालीहरुको ताल पनि स्वदेशीको भन्दा केही कम छैन कम्तिमा २० वटा नेपाली संघ संस्था छ वाशिंगटन डीसी क्षेत्र वरपर मात्र । नेवारहरुको मात्र दुईवटा संस्था छ एकै उद्देश्यका लागि । खै कहिले सिक्ने हो हामीले अमेरिकीहरुबाटः United We Stand  एकदिन मेरा एकजना अमेरिकी सहकर्मीले जानी जानी वा यत्तिकै केभने भने नेपालीहरुको तालै गजबको हुन्छ कुनै समस्या पर्यो भने समस्याको विश्लेषण वा समाधान तिर नलागी खालि हात पल्टाएर के गर्ने के गर्ने मात्र भन्दछन् । एकछिन त मलाई झनक्क रीस उठ्यो । शायद उसले ठीकै भनेको होला मैले पछि सोचे । नेपाली बुढी भएको गोराले यत्तिकै त पक्कै भनेन होला ? यसो सोचेर हेर्नुस् तपाईँलाई पनि के गर्ने के गर्ने हुन्छ ? एउटा सामान्य उदाहरण लिउँ घरमा काम पर्यो एकघण्टा ढिलो हुने भयो अफिस पुग्न । के गर्ने के गर्ने ? बिदा लिने कि ढिलो जाने ? यस्ता सामान्य समस्याहरु जीवनमा आइरहन्छ । यसको उपाय गोरेले निकाल्योः Flexible Time Schedule । ढिलो आउनु भयो भने ढिलो जानुस् वा अरु दिन बढी काम गर्नुस् । समस्या समाधान । हाकिमको चाकडी पनि गर्नु परेन भाग्नु पनि परेन । आफ्नो काम पनि तमाम ।  माथिकै सन्दर्भमा केही नियम पुरस्कार र दण्डको कुरा गरौ । अमेरिकामा प्रजातन्त्र भनेकै जनताले सांसद मार्फत कानून बनाउनु तथा र उक्त कानूनको पालना गर्नु हो । उक्त नियम सबैलाई बराबर लागुहुन्छ नेता होस् वा जनता । उलंघन गर्ने जो कोहीलाई दण्ड दिइन्छ । जबकि हामीकहाँ कानून तोड्ने अग्रपंतिमा नेता उच्चपदका कर्मचारी अनि ठूला ब्यापारी हुन्छन् । फेरि अमेरिका तिर फर्कौ । अमेरिकी समाजमा बच्चै देखि नियमको पालना गर्नु पर्छ भन्ने आमाबुवा शिक्षकले बुझाएको सिकाएको हुन्छ । एक उदाहरणः आमा र सानो बच्चा स्थानीय पुस्तकालय बाहिर केही खोज्दैथिए । केही हरायो कि मैले उत्सुकतावश सोधे । बच्चाले चुइगम थुक्यो त्यही खोज्न थालेको उनले भनिन् अनि बच्चालाई संझाउन थालिनः चुइगम जथाभावी फ्याक्नु हुँदैन अर्काको जत्तामा टाँसिन्छ । उसको जुत्ता बिग्रन्छ उसलाई नराम्रो लाग्छ आदी । मैले मनमनै सोचेँ हामी भएः

  • बच्चालाई प्याट्ट पिटेर भन्थ्यौः जहाँपायो त्यहाँ चुइगम थुक्छस् । बच्चा रुन्थ्यो । उसलाई थाहा पनि हुदैन थियो किन थुक्न नहुने रहेछ भनेर ।
  • वास्ता नगरी हिड्थ्यौं । बच्चाले थुक्न हुने रहेछ भन्ने बुझ्थ्यो ।
  • ल हेर थुकेको कस्तो बदमास भएको । बच्चा जिल्ल पर्थ्यो किनकि उसले थाहापाउँदैन उसलाई गालि गरेको कि माया ? थुक्न हुने कि नहुने ?
  • संझाएर नमान्ने बच्चालाई दण्ड दिने चलन पनि हुन्छ अमेरिकीहरुको। बच्चाले घरको नियम नमाने ग्राउण्डed गर्ने प्रथा हुन्छ । ग्राउण्डed भएको बच्चाले निश्चित कुराहरु गर्न पाउँदैन जस्तै टीभी हेर्ने घुम्न जाने मिठो खाने आदी । यस्ता सिक्नु पर्ने धेरै कुराहरु छन् यहाँको समाजबाट । हैन हाम्रा बाउबाजेले नसिकेको हामीले सिकौला त ? कुकूरको पुच्छर बाह्रवर्ष ढुंग्रोमा राखे पनि‌‌‌ बांगोको बांगो भन्थे ।  सिकेको भए त हामी पनि कहाँ पुगी सकेका हुन्थ्यौ । कहाँ पुगी सकेका हुन्थ्यौ ?